जुवातास खेलिरहेका नौ जना पक्राउ

0
718
फाइल फोटो

दार्चुला, असोज २४ गते ।
प्रहरीले मार्मा गाउँपालिका वडा नं २ मा तास खेलिरहेको अवस्थामा ९ जनाहरुलाई पक्राउ गरेको छ । मार्मा गाउँपालिका वडा नं २ घट्टेगाडका स्थनिय गणेश महराको पसलमा जुवा खेलिरहेको भन्ने जानकारी आएपछि शुक्रबार राती १० बजे इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरिक्षक कमल बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
उनिहरुको साथबाट ३१ हजार ६५ रुपैयाँ नगद र २ गड्डी तासहरु बरामद गरेको उहाँको भनाई छ । थप अनुसन्धानका लागि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।