प्रधानसेनापति थापा र सशस्त्र प्रहरीका आईजीपी खनालको टोली ब्यास क्षेत्रमा

0
757

कालापानी न्युज, दार्चुला ।

प्रधानसेनापति पूर्ण चन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपि शैलेन्द्र खनालको टोली ब्यास क्षेत्रको भ्रमणका लागि छाङरु प्रस्थान गरेको छ ।
नेपाल–भारत सीमा विवाद चर्किरहेका बेला प्रधानसेनापति पूर्ण चन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपि शैलेन्द्र खनालको टोलीले दार्चुला सदरमुकाम खलंगा व्याँसको  भ्रमणका लागि विहान साढे १० बजेतिर छाङरु प्रस्थान गरेको हो ।
नेपाल सरकारले अतिक्रमीत नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भु–भाग नेपालको नक्सामा समेटेको र निशान छाप समेत संशोधन गरेसंगै उच्च सुरक्षा अधिकारीहरुको टोलीले ब्यास क्षेत्रको भ्रमण गर्न लागेको हो ।

पछिल्लो समय नेपाल सरकारले व्याँस क्षेत्रलाई प्राथमिकताका साथ सीमा सुरक्षामा सक्रियता देखाएको छ ।
छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी र घाँटिबगरमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पको निरीक्षणका लागि प्रधानसेनापति र सशस्त्र आइजीपिको भ्रमण गर्न लागेका हुन् । बैशाख ३१ गते छाङरुमा सशस्त्र बिओपी स्थापना भएको थियो भने जेठ ७ गते घाँटिबगरमा नेपाली सेनाको अस्थायी बेस क्याम्प राखिएको थियो ।
सीमा सुरक्षाका लागि सशस्त्र बिओपी र घोरेटो बाटो निर्माणका लागि सेनाको क्याम्प राखिएको हो ।  अपिनाम्पा संरक्षण क्षेत्रको सुरक्षाका लागि र जिल्लाका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने गृहकार्य भइहेको छ ।