लिपुलेकमा भारतले सुरक्षा गतिविधि बढायो

0
896

कालापानी न्युज, दार्चुला ।

भारत चीन सिमा लद्दाखको गलवान क्षेत्रमा दुबै देशका सिमा सुरक्षाबल विच हिंसात्मक झडप भएपछि भारतले लिपुलेक र नाविढाङ क्षेत्रमा पनि सुरक्षा बढाएको छ । नेपाली भुमी अतिक्रमण गरेर लामो समय देखि बसिरहेको भारतीय सेनाले चीन संग जोड्ने पिथौरागढका पश्चिमोत्तर सिमाहरुमा भारत तिब्बत पुलीसका संग गस्ती गरिरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
पत्रिकाका अनुसार भारतीय आर्मीले नाइट भिजन क्यामेराको प्रयोग गरि राती समेत सिमा क्षेत्रमा अवलोकन भइरहेको छ ।
स्रोतका अनुसार नाविढाङ देखी लिपुलेक पास क्षेत्र सम्म ८ किलोमिटर क्षेत्रमा चीन संगको सिमा सुरक्षाका लागी आइटिविपी संगै भारतीय आर्मीले पनि गस्ती गरिरहेको छ । २४ सै घण्टा भारतीय आर्मी, आइटिविपी र एसएसविले नेपाल र चीन संगको सिमा क्षेत्रका गतिविधि अवलोकन गरिरहेको अमर उजालाले समाचारमा उल्लेख गरेको छ ।