प्रत्येक बुधबार र शनिबार खोल्ने भनिएको नेपाल भारत जोड्ने खलंगा सीमापुल नखुल्ने

0
1077
केहि हप्ता अघि भारतीय पक्षले पुर्व सूचना अनुसार पुल नखोली दुई घण्टा मात्रै खोल्दा नेपाल भारत जोड्ने खलंगा स्थित पुलमा भिड लागेको थियो

दार्चुला, मंसिर १६ गते ।
प्रत्येक बुधबार र शनिबार खोलिने भनिएको नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम स्थित सीमानामा नखुल्ने भएको छ । गत मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको सर्बपक्षीय भेलाले सीमानाका प्रत्येक हप्तामा बुधबार र शनिबार विहान १० बजे देखि दिउसो तीन बजे सम्म खोल्ने सहमती गरेको थियो । सोहि सहमती अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुला तहशिललाई हप्तामा दुई दिन पुल खोल्ने विषयमा पत्राचार गरेको थियो ।
यस विषयमा धार्चुला तहशिलको सहमतीमा गत बुधबार पुल खोलीएको भएपनि शनिवार अवरुद्ध भएको थियो । सहमती अनुसार विहान १० बजे देखि दिउसो तीन बजे सम्म खोलिनुपर्ने पुल विहान १० बजे एक घण्टा र दिउसो तीन बजे एक घण्टा खोल्दा विहान सामान खरिदका लागि भारतको धार्चुला बजारमा पुगेका नेपालीहरु अलपत्र परेका थिए ।
भारतको धार्चुला प्रशासनले मंसिर १३ गते शनिबार पुलघाटमा खटिएको ११ वी बाहिनि , सशस्त्र सीमाबल लाई पत्र लेख्दै हप्तामा दुई दिन पुल खाल्ने भनिएको भएपनि नखोल्न भनि पत्राचार गरेको छ ।
नेपाली प्रशासन संगको सहमति अनुसार शनिबार र बुधबार विहान १० बजे देखि दिउसो तीन बजे सम्म पुल खोल्ने भनिएको भनिएपनि विषेश कारणले पुल खोल्न स्थिगीत गरिएकाले पुल नखोल्न भनि भारतको धार्चुला तहशिलले एसएबीलाई पत्राचार गरेको छ ।
भारतको धार्चुला प्रशासनले सुरुमा नेपालको प्रस्ताव स्विकार गरेपनि पछिल्लो पटक पुल खोल्न सहमत नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिनुभयो ।
पुल खोल्न माथि बाट अनुमती लिनुपर्ने भएकाले हप्तामा दई दिन सीमनाका खोल्न सकिदैन भन्ने भारतीय पक्षको भनाई रहेको उहाँको भनाई छ ।
बुधबार र शनिबार दैनिक रुपमा नाका नखोलीने भएपनि अत्यावस्यक कार्यका लागि भने सीमानाका खोल्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी भट्टको भनाई छ ।