दार्चुलामा २ सय ६२ जनाले कोरोना जिते, ३१ जना सक्रिय संक्रमित

0
724

दार्चुला मंसिर १८ गते ।
दार्चुलामा हाल सम्म २ सय ९३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका मध्ये २ सय ६२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । जिल्लामा हाल ३१ जना कारोनाका सक्रिय संक्रमितहरु रहेका छन् । त्यसैगरि दार्चुलामा कोरोनाबाट मृत्यु हुने २ जना रहेको तथ्याङ्क छ । मृतक दुबैजनाको कोरोना परिक्षणका लागि स्वाब संकलन जिल्ला बाहिर नै भएको थियो । त्यसैगरि आज दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ ठेगाना भएका र धनगढीमा हाल बसोबास रहेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ब्यक्ति धनगढीमै रहेकाले उतैबाट स्वाब संकलन भई उतै परिक्षण गरिएको बुझिएको मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गुणराज ओझाले जानकारी दिनुभयो ।