दार्चुलाका पाँच गाउँपालिकामा १० शय्याको अस्पताल शिलान्यास

0
850
अस्पताल शिलान्यास गर्दै मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामी

दार्चुला, मंसिर १५ गते ।
अस्पताल नभएका देशभरिका स्थानिय तहहरुमा अस्पतालन निर्माण गर्ने सरकारको निर्णय अनुसार दार्चुलाका पाँच स्थानिय तहहरु सहित देशभरिका ३ सय ९६ वटा स्थानिय तहहरुमा अस्पताल सिलान्यास गरिएको छ ।
दार्चुलाका पाँच वटा स्थानिय तहहरु दुहु गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र अपिहिमाल गाउँपालिकामा दश शय्याको अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले देशभरीका विभिन्न स्थानीय तहमा ५, १० र १५ शैय्याको अस्पताल निर्माणका लागि बजेट समेत विनियोजन गरिसकेको छ । पाँच शैय्याको अस्पताल निर्माणका लागि ७० लाख, १० शय्याको अस्पताल निर्माणका लागि ८५ लाख र १५ शय्याका लागि एक करोड बजेट विनियोजन गरेको छ ।
नौगाड गाउँपालिकाको खार स्वास्थ्य चौकीमा १० शय्याको अस्पताल शिलान्यास गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनुभयो ।
साथै मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकीमा, अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकी, लेकम गाउँपालिकाको रिठाचौपता स्वास्थ्य चौकी तथा दुहूँको धारी स्वास्थ्य चौकीमा १० शय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
नौगाड गाउँपालिकाको खारमा निर्माण भइरहेको अस्पतालका लागि जग्गा दान गर्ने सात जना दाताहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी खण्डेश्वरीमा अस्पताल शिलान्यासको कार्यक्रममा कार्यक्रममा जग्गा दाताहरुलाई गाउँपालिका  अध्यक्ष धर्मानन्द मन्यालले दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् । अस्पताल निर्माणको कार्य दुई–अढाई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मन्यालको भनाई छ ।
दुहूँ गाउँपालिका वडा नम्बर ४ धारीमा गरिएको अस्पताल शिलन्यास कार्यक्रममा अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गा दाताहरुलाई सम्मान गरिएको छ । अस्पताल निर्माणका लागि ७ रोपनी १० आना जग्गा दान गर्ने १६ जना जग्गादाताहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीले बताउनु भयो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुरमा निर्माणभइरहेको अस्पताललाई ९ रोपनि दान गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले जानकारी दिनुभयो ।
नेपाल सरकारको एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत देशभरीका ३ सय ९६ ओटा स्थानीय तहमा ५, १० र १५ शय्याको अस्पतालहरु सोमबार एकैदिन शिलान्यास गरिएका छन् ।