पहिरोमा पुरिएर मृत्यु

0
592
फाईल फोटोः तुसरपानी गाउँ

दार्चुला, असार ३१ गते ।
दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

व्यास गाउँपालिका–३ तुसरपानीमा विहिबार विहान खसेको पहिरोमा पुरिएर व्यास गाउँपालिका–२ राप्लाकी ५० वर्षीया बेलमती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । पहिरोमा परेर विहिबार विहान ९ बजे बेपत्ता भएकी बुढाथोकीको शव फेला परेको हो । पहिरोमा परि राप्लाकै रायमती बुढाथोकी घाइते भएकी छन्। व्यास गाउँपालिका–२ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा विहिबार बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते बुढाथोकीको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।