दार्चुलाको विद्युत अवरुद्ध

0
908
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

दार्चुला, असार २७ गते ।
एक दिन देखि दार्चुलाको विद्युत अवरुद्ध भएको छ ।

शैल्यशिखर नगरपालिका बलाच स्थित पावर स्टेशनमा प्राविधिक समस्या आउँदा शनिबार दिउसो करिब २ बजेबाट दार्चुला जिल्ला भरिको विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । अवरुद्ध भएको विद्युत सुचारु गर्ने काम भइरहेको र आज दिउसो सम्म विद्युत आउन सक्ने वितरण केन्द्र दार्चुलाले जनाएको छ । दार्चुलामा बेला बेला विद्युत अवरुद्ध हुदाँ सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । गर्मीका बेला विद्युत अवरुद्ध हुदाँ समस्या भएको महाकाली नगरपालिका वडा नं ४ का स्थानिय नरेन्द्र जोशीले बताउनुभयो । कुनै लोडसेडिङ तालिका विना विद्युत लाईन अवरुद्ध गर्दा विद्युतबाट कामकाज हुने बैंक, वित्तिय संस्थाहरु तथा सञ्चार माध्यमहरुको समेत सेवा प्रभावित हुने गरेको छ ।