जन्मदिनको अवसरमा बाढी पिडितहरुलाई सहयोग

0
743

दार्चुला, साउन १ गते ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी कार्यालय सदस्य ठगुन्नाले जन्मदिनको अवसरमा बाढी पिडितहरुलाई सहयोग गरेका छन् । अनेरास्ववियु जिल्ला कार्यालय सदस्य एबं दार्चुला बहुमुखी क्याम्पस कमिटि अध्यक्ष सन्तोष सिह ठगुन्नाले नौगाड गाउँपालिका वडा न ३ का बाढी पिडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । असार २३ र २४ गते नौगाड ३ को घटनामा आफन्त गुमाएका तथा बाढी पिडित परिवारलाई जन्मदिनको अवसरमा आर्थिक सहयोग गरिएको ठगुन्नाले बताउनुभएको छ ।