नौगाडमा एक जना मृत फेला

644
सांकेतिक तस्बीर

दार्चुला , माघ ५ गते । नौगाड गाउँपालिकामा एक जना पुरुष मृत फेला परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर २ का वर्ष अन्दाजी ४७ का मानसिंह ठगुन्ना मृत फेला परेका हुन् ।
स्थानीयहरुका अनुसार केही दिनदेखि बेपत्ता रहेका ठगुन्ना सोमबार मृत भेटिएका छन् । मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा खटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !