नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओली पक्षको) नौगाडमा आमसभा

828

दार्चुला, माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओली पक्षको) नौगाड गाउँपालिकामा आम सभाको आयोजना गरिएको छ । नौगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष एबं नेकपा नौगाड गाउँकमिटि अध्यक्ष नारायण सिह ठगुन्नाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य चरन सिह बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेकपा नेता एबं नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले दार्चुलामा कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेता विरबहादुर ठगुन्ना जन्माएको नौगाड कम्युनिष्टको किल्ला रहेको बताउनुभयो । साथै आफुले चुनावमा गरेको बाचा अनुसार नौगाडको विकास गरिरहेको बताउनुभयो । कार्यक्रममा १९ जनाले नेपाली काङग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेको नेकपा नेता गोविन्द ठगुन्नाले बताउनुभयो । कार्यक्रममा नेकपा दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खड्क सिह बडाल, जिल्ला कमिट सदस्यहरु शेरसिह धामी, उमेश जोशी, नौगाड गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना लगायत सयौँको संख्यामा नेकपा ओली पक्षका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !