पिथौरागढ प्रहरी प्रमुखमा एसपी सुखबिर सिहंले गरे पदभार ग्रहण

1181

दार्चुला, माघ ५ गते । भारतको पिथौरागढका प्रहरी प्रमुख प्रीती प्रीयदर्शनीको सरुवा भएपछि नयाँ एसपी पिथौरागढ पुगेका छन् । नयाँ एसपी (पुलिस अधिक्षक) को रुपमा सुखविर सिहले पदभार ग्रहण गरेको पिथौरागढ प्रहरीले जनाएको छ । नयाँ प्रहरी प्रमुखको रुपमा दुई दिन अघि पदभार ग्रहण गरेका सिहले आज पत्रकार सम्मेल गरि आफ्ना प्राथमिकताका विषयमा छलफल गरेका छन् । युवाहरुमा नसालु पदार्थको सेवन गर्ने प्रबृती बढीरहेकाले उक्त प्रबृती रोक्ने आफ्नो पहिलो प्राथमिकता हुने उहाँको भनाई छ । विभिन्न क्षेत्रबाट प्रहरीलाई प्राप्त हुने सूचना समय अनुसार निश्पक्ष छानविन गर्ने, साईबर अपराध रोकथाम तथा प्रहरीको मनोबल बढाउने क्रियाकलाप गर्ने बताएका छन् ।

सडक सुरक्षा जीवन रक्षा कार्यक्रम उद्धघाटन

पिथौरागढका प्रहरी प्रमुख सिहले आज एक कार्यक्रमका विच सडक सुरक्षा–जीवन रक्षा कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रहरी टोलीले मोटर साईकल र्यालीको आयोजना गरि हरियो झण्डा निकालेर हेल्मेटको प्रयोग गर्न तथा दुई पाङग्रे सवारी साधनहरुमा दुई जना मात्रै बसाल्नुपर्ने सन्देश बोकेका प्लेकार्डहरुको प्रर्दशन गरेका थिए । १८ जनवरी देखि १७ फरवरी सम्म एक महिना सम्म मनाइने उक्त कार्यक्रमको पिथौरागढ जिल्ला मातहतका सम्पुर्ण प्रहरी युनिटहरुले आ आफ्नो क्षेत्रमा उद्ध्घाटन गरेको पिथौरागढ प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोसः पिथौरागढका प्रहरी प्रमुख प्रीती प्रियदर्शनीको विदाई

 

तपाईको प्रतिक्रिया दिनुहोस् !