नेपाल–भारत जोड्ने खलंगा स्थित पुल खोलियो, ७१ जना बाहिरिए, ३६ जना भित्रीए

0
713
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असोज १२ गते ।
नेपाल–भारत जोड्ने खलंगा स्थित सीमा नाका खोलिएको छ । ब्याँस गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकीका स्वास्थ्य चौकी इन्चार्ज जग्दीश ऐतवाल सिकिस्त बिरामी भएकाले उपचारका लागि भारत लैजान अन्तराष्ट्रिय सीमा नाका खोलिएको हो ।
सीमानाका खोलीएका बेला एक सय भन्दा बढी ब्यक्तिहरुले आवत जावत गरेका छन् । ३६ जना भारतबाट नेपाल भित्रीएको र ७१ जना नेपालबाट भारत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
पछिल्लो समय सीमा पुलबाट भित्रीने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न स्थानिय तहहरुले वेवास्था गरेपछि प्रहरीले आज भित्रीएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरि पठाएको छ ।