अब अबैध रुपमा नेपालीले भारत गएमा जेल जानुपर्ने

0
1026
फाईल फोटोः महाकाली नदी तरेर भारतबाट नेपाल आउदै नेपाली नागरिक

दार्चुला, असोज १२ गते ।
अबैध रुपमा भारत गएमा नेपालीहरुलाई मुद्धा दर्ता गरिने भएको छ । नेपालले भारत विरोधी गतिविधी गरिरहेकाले अबैध क्षेत्रबाट भारतमा प्रबेश गर्ने नेपालीहरुलाई मुद्धा दर्ता गरि कारवाही गरिने भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
नेपालबाट हुने घुसपैठको भारतीय सुरक्षाकर्मीहरुले धार्चुला देखि कालापानी क्षेत्र सम्म कडा निगरानी गरिरहेको छ । कोही नेपाली महाकाली नदी तरेर अबैध तरिकाले भारत प्रबेश गरेमा घुसपैठ मुद्धा दर्ता गरि कारवाही गरिने बताइएको छ ।