प्रहरीलाई हातहतियार बुझाउने बढे

0
926

दार्चुला, असोज १३ गते ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय दार्चुलामा हातहतियार बुझाउने मानिसहरु बढेका छन् ।
नेपाल सरकारले विप्लप समुहको गतिविधी बढेको भन्दै शान्ती र सुरक्षाका लागि २०७५ साल फागनु २८ गते उक्त समुहलाई प्रतिबन्ध गरको थियो । सोहि अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लामा शान्ती सु–ब्यवस्था कायम राख्न इजाजत प्राप्त हातहतियार तथा खरखजाना नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरेको थियो ।
सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा हाल सम्म १ सय २४ नाल भरुवा बन्दुकहरु बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो ।
सूचना अनुसार सबै नागरिकहरुले हातहतियारहरु नबुझाएको प्रहरीको अनुमान थियो ।
गत भदौ २२ गते प्रहरीले नौगाड गाउँपालिको सिप्टीमा एक जनालाई बन्दुक सहीत पक्राउ गरेको थियो । नौगाड ४ सिप्टीका ३७ बर्षिय विक्रम सिह धामीलाई अपी नाम्पा संरक्षण क्षेत्रबाट फर्किने क्रममा प्रहरी चौटीबाट खटीएको गस्ती टोलीले एक नाले भरुवा बन्दुक सहित धामीलाई पक्राउ गरेको थियो ।
भरुवा बन्दुक सहित पक्राउ परेका धामी माथी हाल हातहतियार खरजाना सम्बन्धी मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको डिएसपी पदम बहादुर विष्टको भनाई छ ।
सोहि घटनाबाट नागरिकहरुमा प्रहरीलाई हातहतियार बुझाउनुपर्ने सन्देश गएकाले पछिल्लो समय हातहतियार बुझाउनेको संख्या बढेको उहाँको भनाई छ ।
प्रशासनको सूचनालाई अटेर गरेर बन्दुक नबुझाएकाहरु समेत पछिल्लो समय प्रहरी कार्यालयमा बन्दुक बुझाइरहेको उहाँको भनाई छ ।
असोज महिनामा हाल सम्म नौगाड गाउँपालिकाको वडा नम्बर ६ धुलिगाडाका ११ जनाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा इजाजत प्राप्त भरुवा बन्दुक बुझाएका छन् ।
आज मात्रै पाँच जनाले हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
त्यसैगरि गत जेठ ३१ गते दुहु गाउँपालिकाको वडा नम्बर एक पीपलचौरीको दुर्गे भवानी बनमा बेवारिसे भरुवा बन्दुक फेला परेको थियो ।
बन्दुक फेला परेको स्थानियहरुले जानकारी गराएपछि प्रहरीले बन्दुक बरामद गरेको थियो । उक्त बन्दुक कसको रहेछ भन्ने बारे अनुसन्धान भइरहेको उहाँको भनाई छ ।