नेकपा प्रचण्ड–माधव पक्षको अगुवा कार्यकर्ता भेला

0
620

दार्चुला, फागुन १७ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्ष दार्चुलाले सोमबार अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दार्चुलाका अध्यक्ष गणेशसिह खत्रीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा सुदुरपश्यिम प्रदेश कमिटि सह–इन्चार्ज लक्ष्मणदत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो भने भेलामा नेपाल कम्युुनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष भानुभक्त जाशी र सचिव नृप वहादुर चौधरी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै मार्मा गाउँपालिकाका अध्यक्ष एबं नेकपा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य जमन सिह धामीले चुनाव चिन्ह र पार्टी आधिकारीता भन्दा सिद्धान्त ठुलो हुने बताउनुभयो । निर्वाचन आयोगले आधिकारीता अर्काे समुहलाई दिएपनि सिद्धान्तले प्रतिगमनकारीहरु संग झुक्न नसकिने उहाँको भनाई छ । साथै पार्टीको आधिकारीता र चुनाव चिन्ह आफ्नै समुहले पाउने भन्दै कसैले विचलित हुनुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । कार्यक्रममा बोल्ने अधिकाशं नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरि कम्युनिष्ट आन्दोलन प्रति धोका गरेको बताएका छन् । अगुवा भेलामा नेकपाका जिल्ला नेता, भाृत संग संगठनका पदाधिकारी, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।