वडाध्यक्ष धामीको निधनमा शैल्यशिखर र मालिकार्जुनमा दुई दिन बिदा

626

दार्चुला, फागुन १७ गते ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष एबं मुखिया रुद्रेसिंह धामीको निधनमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले दुई दिन शोक विदा दिएका छन् ।

सोमबार विहान हृदयघातका कारण ७८ वर्षको उमेरमा वडाध्यक्ष धामीको निधन भएको हो । वडाध्यक्ष एवं मुखिया धामीको पार्थिव शरीरमाथि सोमबार दिनभरी श्रद्धाञ्जली व्यक्त गरिने र मंगलबार बिहान शव यात्रा निकालिनेछ ।
उहाँ राष्ट्रकै सातौँ धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुन धामका मुखिया समेत रहेका हुन् । वडाध्यक्ष एवं मालिकार्जुन मन्दिरका मुखिया समेत रहेका धामीको निधनमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सोमबार र मंगलबार विदा दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो । दुई दिन सम्पूर्ण सरकारी कार्यालयहरु, शैक्षिक संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !