ध्रुविकृत शिक्षक अनि सरोकारवाला

0
884

विनोद सिह कुँवर ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बनेका आ–आफ्ना शिक्षा नियमावलीमा स्पष्ट रुपमा राखिएको विद्यालयले पाउने लामो विदा र दशै विदा सम्बन्धमा, शिक्षकहरु नै दुइ ध्रुवमा देखिएका छन् ।

त्यो पनि विशेष परिस्थिति बाहेक विद्यालय नियमानुसार नै चल्नु पर्छ भन्ने एक थरी छन भने अर्को थरी नियमलाई नै मिचेर उर्दी जारी गरि देउ भनेर स्थानीय सरकारहरु सित माग पनि गरि रहेको देखिन्छ । यो मामलामा केहि स्थानीय तहहरुले विवेक प्रयोग नगरी सोहि अनुसार नै उर्दी जारी गरे भने केहि तहहरु जानेर हो वा नजानेर हो चुपचाप बसेका छन्। विवादमा तानिनु भएको छैन यो उनीहरुको बुद्धिमानी नै हो । विदामा विद्यालय खोल्नु, अबेर सम्म विद्यालयका काम गर्नु, विदाका दिन विद्यार्थीहरुलाई हाजिर नलगाइकन निःशुल्क अतिरिक्त कक्षामा सिकाउने वा पढाउने काम अहिले सम्म नभएका हुन र? त्यति बेला त कसैसित विद्यालय खोल्न अनुमति मागिएन? अहिले पनि भ्याउनु हुन्छ भन्ने विदामा विद्यालय खोल्ने माग नगरि विद्यार्थीहरुलाई पढाउनु हुन्छ, सिकाउनु हुन्छ, भने कुन स्थानीय तह वा कुन सरकारले कार्वाही गर्ला र ? त्यसैले हामीले नै यसरी अलग अलग ध्रुवमा उभिने हो भने शिक्षकहरुलाई हेर्ने दृष्टीकोण के होला ? विद्यार्थीहरुको चिन्ता हामीलाई नभएको हो र ? हामी पनि त अभिभावक हौ । यसले गर्दा शिक्षकले दैनिक कामको सिलसिलामा सामान्य कमजोरी हुदाँ त्यसलाई महासागर बनाउने बुद्विजिवी हरुलाई टिप्स हुदैन र ? अनि डेरा गरी बसी खाने शिक्षक, कर्मचारीको पिडा आफ्नै घरमा बसी खानेलाई थाहा हुनु पर्ने होइन र ? शिक्षकले पाउने भनेको तलव बाहेकको सुविधा विदा मात्रै होइन र ? त्यो पनि विदाको पाउने ४५ दिन बराबरको सुविधा-पैसा कटाएर ! त्यसैले विद्यालय भनेका सामुदायिक सस्था हुन। सामुदायिक सस्था नियमले मात्र चल्दैनन् । व्यवहारले पनि चल्दछ्न् । एउटा सम्विधान सम्मत स्थापित आधिकारिक निकाय सित नियम विपरित विद्यालय खोल्ने उर्दी माग गर्नु गल्ती हो भने, त्यहि अनुसार उर्दी जारी गर्नु महा गल्ती हो । सक्नु हुन्छ, भ्याउनु हुन्छ भने आ आफ्ना विद्यालयहरु व्यवहारिक रुपमा चलाउन सक्नु हुन्छ । यसका लागि उर्दी नै आवश्यक नहोला भन्ने हो ! सबै शिक्षक तथा रोकारवालाहरुमा आग्रह, तर सरोकारवालासित परामर्श नगरी विदामा पनि विद्यालय खोल्न उर्दी जारी गर्छन भने त्यस्ताका विरुद्व हामी सबै लागौँ । घरमा बसे वाफत तलब त छदै छ तर थप सुविधा पनि पाउने राष्ट्र सेवकहरुले शिक्षकको बारेमा धेरै चिन्ता नलिनु नै बेस होला । अन्तमा यो मेरो व्यक्तिगत विचार हो कसैसित मेल खान गएमा संयोग मात्र हुनेछ ।
(कुँवर नेपाल शिक्षक महासङ्घ, दार्चुलाका सह–अध्यक्ष हुन् )