भवन अभावमा पठन पाठनमा अवरोध हुने अवस्थाको अन्त्य गरेका छौ: नगरप्रमुख भट्ट

489

दार्चुला, असोज १८ गते ।
दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टले भवनको अभावले नगरक्षेत्रमा पठन पाठनमा अवरोध हुने अवस्थाको अन्त्य भएको बताउनुभएको छ ।

वडा नं ४ मा रहेको महेन्द्र नमुना माद्यमिक विद्यालयको नयाँ भवन तथा छात्राबास उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘स्थानिय सरकार आउनु भन्दा पहिले विभिन्न विद्यालयहरुको भवनहरु देखिनसक्नु अवस्थामा थियो, हाल विद्यालय भवनका कारण पठन पाठन अवरोध हुने अवस्थाको अन्त्य गरेका छौ’ नगरप्रमुख भट्टले भन्नुभयो ।
नगरपालिका क्षेत्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्युटर कक्ष र कम्प्युटर शिक्षकको ब्यवस्थापन गरिएको समेत उहाँले बताउनुभयो । एक विद्यालय एक खेल शिक्षक अवधारण पनि अघि सारिएको र सोहि अनुसार प्रत्येक विद्यालयहरुमा खेल शिक्षकको ब्यवस्थापन गरिने उहाँको भनाइ छ ।
फरक प्रसंगमा बौल्दै नगरप्रमुख भट्टले शिक्षा क्षेत्रमा नीतिगत कुराहरु ब्यस्थित हुन बाकि रहेकाले विभिन्न अन्यौलहरु रहेको बताउनुभयो । नगरपालिकाले शिक्षक अभाव भएका विद्यालयहरुमा शिक्षक सहजकर्ताको ब्यवस्थापन गरेको भएपनि महालेखाले स्थानिय सरकारले दरबन्दी सिर्जना गर्न नसक्ने भन्दै गत बर्षहरुमा उहाँहरुलाई दिएको सुविधा वेरुजु देखाएको मेयर भट्टले भन्नुभयो । ‘यस पटक महालेखाको टोलीलाई हामीले महेन्द्र नमुना माविको २४ दरबन्दी र २५ सय विद्यार्थी रहेको अवस्था भएकाले नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्र भित्र रहेर शिक्षक सहजकर्ताको ब्यवस्थापन गरेको विषयमा अनुरोध गर्र्याे, यसपटक उक्त वेरुजु रुजु हुने भएको छ’ भट्टले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !