दार्चुलामा यसरी मनाइयो ६६ औ प्रहरी दिवस (फोटो फिचर)

0
471

दार्चुला, असोज २० गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६६ औ प्रहरी दिवस धुमधामका साथ मनाएको छ । नेपाल प्रहरी स्थापना भएको वि.सं २०१२ साल असोज २० को अवसरमा प्रत्येक बर्ष प्रहरीले आफ्नो स्थापना दिवस मनाउदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा मनाइएको प्रहरी दिवसमा अमर प्रहरीलाई श्रद्धाञ्लीका साथै उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई सम्मान तथा जिल्लामा असल सवारी सञ्चालन गर्ने सवारी चालकहरुलाई समेत सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला अदालत दार्चुलाका न्यायधीश लोकजङ्ग शाह र महाकाली नगरपालिकाका मेयर हंशराज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।
असल सवारी चालक सम्मानित तथा पुरस्कृत
प्रहरी दिवसको अवसरमा जिल्लाको यातायातको क्षेत्रमा राम्रो सेवा दिएका १० जना सवारी चालकहरुलाई प्रहरीले सम्मान गर्नुका साथै पुरस्कार समेत वितरण गरेको छ ।

असल सवारी चालकको रुपमा सम्मानित हुनेमा सवारी चालकहरु देब दत्त भट्ट, दिपेन्द्र बहादुर विष्ट, गजेन्द्र सिह ठगुन्ना, मोहन राम कोली, गगन सिह धामी, केसर सिह महरा, अकबर सिह ठगुन्ना, मुकेश राना, र रघुविर सिह धामी रहेका छन् ।
दाता सम्मानित
जिल्ला प्रहरी कार्यालय दार्चुलाले मातहतका प्रहरी चौकीहरुलाई जग्गा उपलब्ध गराउने ब्यक्तित्वहरुलाई प्रहरी दिवसको अवसरमा सम्मानित गरेको छ । प्रहरी चौकी ब्रह्मदेबलाई जग्गा दान गर्ने दुहु गाउँपालिका ३ का स्थानिय नरबदा देवि बडु र अस्थाई प्रहरी पोष्ट सर्माेलीलाई जग्गा दान गर्ने लेकम गाउँपालिका १ का स्थानिय तिखे साउँद सम्मानित भएका छन् ।
उत्कृष्ट प्रहरी सम्मानित
प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मानित गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिम प्रदेशले दार्चुलामा उत्कृष्ट कार्य गरेवाफत जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्ट, प्रहरी नायब निरिक्षक तिलककलौनी, सुरज खडायत र नरसिह बोहरा सम्माति गरेको छ । प्रदेशबाट सम्मानित भएका प्रहरी अधिकृत तथा कर्मचारीहरुलाई कार्यक्रममा सम्मानित गरिएको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय दार्चुलाले उत्कृष्ट कार्यगरे वाफत प्रहरी निरीक्षक पुस्कर सिह ऐरी, प्रहरी सहायक निरिक्षकहरु जनक बहादुर सिह, यज्ञ बहादुर खड्का, नैन सिह पन्त तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख हिक्मत सिह महता सम्मानित भएका छन् । त्यसैगरि प्रहरी हवल्द्धार कृष्ण सिह कार्की, प्रहरी जवानहरु कृष्ण कृष्ण राना मगर, राजकुमारी चौधरी, सरोज विक, जित बहादुर खड्का तथा सुरेश बहादुर ऐर सम्मानित गरेको छ । कार्यक्रममा जेष्ठ पुर्वप्रहरी दिलानन्द बडुलाई खादा ओढाई सम्मानित गरिनुका साथै कदरपत्र दिइएको छ ।

कार्यक्रममा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले प्रहरी कहाँ सुरक्षाका लागि आउने ठुलाबडा देखि आम नागरिक संग प्रहरीले समान ब्यवहार गरेर सेवा दिनुपर्ने बताउनुभयो । ‘प्रहरीले पदिय मर्यादा कायम राखी बर्दिको गरिमा झुक्न दिनुहुदैन, नेता, कर्मचारी देखि आम नागरिक सम्म समान ब्यवहार गर्न सकेमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उहाँले भन्नुभयो । साथै शान्ति सुरक्षा र अमनचयनका लागि प्रहरी संगै आम नागरिकको भुमिका रहेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।


कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टले राज्यले प्रहरी संगठन सुदृढ बनाउन नसकेको बताउनुभयो । दबरबन्दी अनुसार प्रहरी राज्यले खटाउन सकेको छैन, राज्यले प्रहरी संगठन सुदृढ बनाउन सकेमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सजिलो हुन्छ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभाका उप सभामुख निर्मला बडाल जोशीले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन नयाँ ढंगले ल्याउन लागेको बताउनुभयो । हाल प्रहरी भर्नाका लागि न्यनतम योग्यता पनि कम रहेको र तलभ सुविधा पनि कम रहेकाले प्रदेश सरकारले योग्यता संगै सेवा सुविधा बढाउने सोच बनाएको उहाँको भनाई छ ।

कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी, पुर्व प्रहरी कर्मचारी, प्रहरी सहिद परिवार लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।