धार्चुलामा रहेका एक हजार भन्दा बढी नेपाली स्वदेश ल्याउन पहल

0
814

दार्चुला, बैशाख ३ गते ।

लकडाउन थपीदै गएपछि भारतको धार्चुलामा रहेका एक हजार भन्दा बढी नेपाली नागरिकहरुलाई स्वदेश ल्याउन गृह कार्य सुरु गरिएको छ । धार्चुलाका विभिन्न ५ वटा राहत शिविरहरुमा एक हजार भन्दा बढि नेपाली विगत १६ दिनदेखी बसीरहेका छन् ।
नेपालमा १४ दिन क्वारेन्टाइनमा बस्दासम्म स्वस्थ्य देखिए घर पठाउने गरिएपनि भारतीय शिविरहरुमा आधा महिना बित्दा पनि उन्मुक्ति नपाएको त्यहा स्थि नेपालीहरुले गुनासो गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भारतमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने विषयमा समेत छलफल गरेको छ ।
भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न महाकाली नगरपालिकाको दत्तु, धाप, महेन्द्र नमुना मावि खलंगा, कन्या मावि खलंगा र बहुमूखी क्याम्पस दार्चुला गरि पाँच ठाउँको स्थलगत अवलोकन गरेको दार्चुला स्थित ५० नम्बर गुल्मका सशस्त्र डिएसपी डम्बर बहादुर विष्टले विष्टले बताउनु भयो । जिल्ला प्रशासन कार्याल, स्वास्थ्य कार्यालय, तथा सुरक्षाकर्मीहरुको टोलीले स्थलगत अवलोकन गरि भौतिक पूर्वाधारका बारेमा जानकारी लिएको उहाँको भनाई छ ।