दुहु गाउँपालिकामा ६ सय ३१ परिवारलाई राहत वितरण

0
766

दार्चुला, वैशाख ३ गते ।

दुहु गाउँपालिकाले ६ सय ३१ घरपरिवारलाई राहत वितरण गरेको छ । दैनिक रुपमा ज्यालादारी गर्ने असंगठित व्यक्ती र असाह्य घरपरिवालाई राहत वितरण गरिएको दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ । गाउँपालिकाभरि रहेका ५वटै वडा भित्र रहेका दैनिक ज्यालादारी गर्ने असंगठित र असाह्य ब्यक्ति रहेका घरपरिवारलाई राहत वितरण गरिएको दुहु गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो । जसमा १५ किलोग्राम चामल,१ किलाग्राम दाल,१ पाउ तेल र १ किलोग्राम नुन वितरण गरिएको उहाँले बताउनु भयो । ५ वटै वडाका ६ सय ५१ जना सुचिकृत गरीएका मध्ये ६ सय ३१ जनालाई मंगलबार राहत वितरण गरिएको छ भने बाँकी २० जनालाई समेत छिट्टै राहत वितरण गरिने उनको भनाई रहेको छ ।
त्यस्तै गाउँपालिकाले लकडाउनको बेला सबै उपभोक्तहरुको सहजताका लागि लागि ५ वटै वडामा घुम्ती पसल खोल्ने निर्णय गरेको छ । दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीका अनुसार गाउँकार्यपालिकाको निर्णयअनुसार ५ वटै वडामा घुम्ती पसल संचालनमा ल्याउन लागेको बताउनु भयो । गाउँपालिकामा भोकमारी र खाद्यन्न्न संकट हुन नदिन यस्तो निणर्य गरिएको उहाँको भनाई रहेको छ । वडानम्बर ३,४ र ५ मा चामल लगायतको खाद्यन्न सामाग्री ढुवानी गरिसकेको र वडानम्बर ३ मा आज बाटै घुम्ती पसल संचालनमा ल्याएका छौ उहाँले भन्नुभयो । त्यस्तै वडानम्बर ४ र ५ मा भोलीबाट संचालनमा ल्याइने र वडानम्बर १ र २ मा खाद्यन्न ढुवानी भइरहेको उनले बताउनु भयो । घुम्ती पसल निर्देशिका अनुसार नाफा नलिने गरि क्रय मुल्यमा नै विक्रिवितरण गरिने उहाँको भनाई रहेको छ ।