मिलमिलीमा चट्याङ लागेर एक बालिकाको मृत्यु,४ जना घाइते

0
1801

विरा दत्त भट्ट, दार्चुला ।

शैल्यशिखर नगरपालिका वडा नं ६ मिलमिलीमा मंगलबार राती परेको चट्याङले एक जना बालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मंगलबार राती मिलमिलिको तिखाधारमा ८ बजे तिर चट्याङ पर्दा उक्त घटना भएको स्थानीय मोहन सिह धामीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा भद्र सिह खातीकि नातिनि ७ बर्षिय लक्ष्मी खाती रहेको स्थानीय धामीले जानकारी दिएका छन् । साथै घटनाको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टी गरेको छ । घाइते हुनेमा भद्र सिह खाती, उनकि श्रीमती सिता देबि खाती, छोरा विष्णु खाती( राजेन्द्र), उनकि श्रीमती अमिता खाती रहेको स्थानिय धामीले बताएका छन् । मृतक खाती मालिकार्जुन आवि किडेपातल कक्षा १ मा अध्ययनरत रहेकि थिइन् ।

घाइते भएका अन्य ४ जनाको गोकुलेस्वर अस्पतालमा उपचार भईरहेको छ । साथै भद्र सिह खातिकै एक गाई र गाईको बाच्छो , १ गोरू र अमर खातिको घरमा व्याउने भैसि मरेको छ । पिडितको घर समेत क्षती भएको बताइएको छ । घटना स्थलमा राति नै मालिकार्जुन प्रहरी चौकिबाट प्रहरी टोलि खटिएको थियो । मिलमिलीकै किडे पातलमा चट्याङले कैले ठगुन्नाको एक गाई पनि मरेको छ ।