दुई लाख बढी रकम सहित पक्राउ परेका दर्जन जुवाडेको परिचय गोप्य

0
640

दार्चुला, असोज २४ गते ।
दार्चुलामा दुई लाख बढी रकम सहित जुवातास खेलिरहेका १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाममा रहेको महाकाली नगरपालिका वडा नं ४ तिंकरखेडाबाट जुवातास खेलिरहेको अवस्थामा २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनुभयो । विषेश सुराकिका आधारमा आईतबार साझँ छापाहानेर पक्राउ गरिएको उहाँले बताउनुभयो ।
जुवाडेहरुको साथबाट ११ थान मोबाईल, १३ गड्डी तास, १ टेबल, १२ कुर्सी, भुईमा विछ्याएको फम सहित बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । प्रहरीले जुवाडेहरुको परिचय गोप्य राखेको छ । जुवाडेहरुको परिचय जेसुकै भएपनि जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाले त्यहि अनुसार कारेवाही अघि बढाइने उहाँको भनाई छ ।
‘पृष्ठभुमी संग सरोकार छैन, जुवातास खेल्नेलाई सोहि अनुसारको कारवाही हुन्छ, खानतसी गर्नुपर्ने लगायतका काम बाकिँ छन्’ प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो ।
दशै, तिहारका बेला रमाइलोका नाममा गाउँ देखि सदरमुकाम क्षेत्रमा जुवातास खेल्ने विकृती बढ्दै गइरहेको छ । प्रहरीले बेला बेला यस्तै घटनामा जुवाडेहरुलाई पक्राउ गर्ने गरेको छ ।