भारतीय बजार धार्चुला प्रवेश गर्न परिचयपत्र अनिवार्य

0
972

दार्चुला, असोज २४ गते ।
भारतीय बजार धार्चुला प्रवेश गर्न नेपाल भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय एसएसबीले परिचपत्र अनिवार्य गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरि भारतीय बजार क्षेत्रमा प्रवेश गर्ने नेपाली नागरिक तथा सम्पुर्णका लागि परिचयपत्र अनिवार्य गरिएको पुलघाटका एसएसबी इन्चार्ज एएसआई दिलिप सिहले जानकारी दिनुभयो । दशै, तिहार लगायतका चाडबाडमा हुन सक्ने सुरक्षा चुनौतीलाई लक्षित गर्दै धार्चुला प्रवेशमा परिचयपत्र अनिवार्य गरिएको र पछि पनि यहि नियम लागु गरिने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा विभिन्न किसिमका मानिसको आवागमन हुुन्छ, सुरक्षा चुनौतीलाई लक्षित गर्दै परिचयपत्र अनिवार्य गरिएको हो उहाँले भन्नुभयो । सीमानाकामा भारतीय एसएसबीले नेपाली नागरिकहरुलाई विभिन्न बाहानामा दुःख दिने गरेको छ । कहिले पिसिआर रिर्पाेट, कहिले परिचय पत्र त कहिले खोप लगाएको कार्ड माग्दै धार्चुला प्रवेशमा रोक लगाउने गरेको गुनासो आउने गरेको छ ।