दार्चुला प्रहरी प्रमुखको रुपमा डिएसपी भट्टले गरे पदभार ग्रहण

0
642

दार्चुला, फागुन ४ गते ।
दार्चुला प्रहरी प्रमुखको रुपमा डिएसपी मनोहर प्रसाद भट्टले पदभार ग्रहण गरेका छन् । दार्चुलाको प्रहरी प्रमुख रहेका डिएसपी पदम बहादुर विष्टको एसपीमा बढुवा भएपछि सरुवा भएको थियो ।

उक्त रिक्त स्थानमा प्रहरी प्रधान कार्यायले माघ २७ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी मनोहर प्रसाद भट्टलाई दार्चुला पदस्थापन गरेको थियो । मंगलबारबाट दार्चुलाको नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी भट्टले पदभार ग्रहण गरेका छन् । बुधबार दार्चुलामा क्रियाशिल पत्रकारहरु संग डिएसपी भट्टले परिचयात्मक कार्यक्रम गरेका छन् । कार्यक्रममा उहाँले जिल्लामा हुने अपराधिक घटना न्युनिकरण गरि इमान्दारीपुर्वक अघि बढ्ने बताउनुभएको छ ।
डिएसपी भट्टले पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा पत्रकारहरुको दृष्टीमा दार्चुलाको शान्ती सुरक्षामा रहेका चुनौतीका विषयमा कुराकानी गरेका छन् । जिल्लाको शान्ती सुरक्षा तथा अमनचयनका लागि सबैको सहयोग रहने भएकाले पत्रकारहरु संग पनि साझेदारी गरेर अघि बढ्ने उहाँको भनाई छ । जिल्लामा क्रियाशिल पत्रकारहरुले दार्चुलामा यातायात क्षेत्रको मनपरि , लागु औषध, लगायतका विकृतीहरु न्युनिकरणका लागि डिएसपी भट्टलाई अनुरोध गरेका छन् । विभिन्न जिल्लामा अपराध न्युनीकरण तथा शान्ती सुरक्षाको क्षेत्रमा राम्रो छबी बनाएका डिएसपी भट्टले दार्चुलामा कस्तो प्रकारको एक्सन लिन्छन्, त्यो भने हेर्न बाकि छ ।


सम्बन्धित समाचार: दार्चुलामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी भट्ट आउँदै