दार्चुलामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी भट्ट आउँदै

1089
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, माघ २८ गते ।
दार्चुलामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी मनोहर प्रसाद भट्ट आउने भएका छन् ।दार्चुलाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका डिएसपी पदम बहादुर विष्टको एसपीमा बढुवा भएपछि नयाँ प्रहरी प्रमुख आउन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुस्कर ऐरीले जानकारी दिनुभयो । मंगलबार सरुवा भएकाले नयाँ प्रहरी प्रमुखको रुपमा दुई–तीन दिन भित्र डिएसपी भट्ट दार्चुला आईपुग्ने उहाँको भनाई छ । प्रहरी प्रधान कार्यालयको माघ २७ गतेको बैठकले ६ वटा डिएसपीहरुको सरुवा गरेको छ । सोहि अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी मनोहर प्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय दार्चुलामा सरुवा भएको छ । ६ वटा डिएसपीहरुको सरुवा संगै अछाम र ताप्लेजुङले पनि नयाँ डिएसपी पाउने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !