धुलिगडामा एक जना महिलाको भिरबाट खसाली हत्या

0
794

दार्चुला, फागुन ४ गते ।
दार्चुलाको नौगाड गाउँपालिका वडा नं ६ धुलिगाडामा एक जना महिलाको भिरबाट खसाली हत्या गरिएकोे छ । बर्ष २५ कि अम्मरा खत्री जंगलमा घाँस काटीरहेको अवस्थामा सोहि ठाउँका अगबर सिह बोहराले मंगलबार साँझ पाँच बजेतिर पछाडीबाट लात्तिले हानी भिरबाट खसालेपछि खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

महिलालाई लात्तीले हानी भिरबाट खसालेको भन्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको उहाँको भनाई छ । पछाडीबाट लात्ती हान्ने बोहराको मानसिक सन्तुलन ठिक नभएको बुझिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । घटनाको जानकारी पाउने बित्तिकै होपरीगाड प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । भिरबाट खसालेपछि अगबर सिह बोहरा फरार रहेको उहाँले बताउनुभयो । फरार अभियुक्तको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।