दार्चुला प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

0
60

दार्चुला,माघ ०४ गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले पहिलो पटक नागरीक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दार्चुलाले बिहीबार पहिलो पटक संचालन गरेको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिव बहादुर सिंहको अध्यक्षतामा संचालन गरिएको नागरिक सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी प्रमुख अतिथि रहेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्राङ्गणमा गरिएको नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले विगत एक वर्ष र यस वर्षको भाद्रदेखि हालसम्म गरेका गतिविधिहरुको बारेमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवंम् डिएसपी शिव हादुर सिंहले जानकारी गराउनु भएको थियो ।
नागरीकहरुका गुनासो व्यवस्थापनका लागि जिल्ला प्रहरीले प्रदान गर्दै आएको सेवा लगायत प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी सेवालाई थप प्रभावकारी बनाउन एवंम् जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको डिएसपी सिंहले बताउनुभयो । नागरीक सुनुवाई कार्यक्रममा शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण, जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा समेत जानकारी गराउनु भएको छ । प्रहरी प्रमुख डिएसपी सिंह दार्चुला पुगेको ४ महिना भएपछि जिल्लामा भएका सुधारका पक्ष लगायत आगामी दिनमा गर्नुपर्ने कामका बारेमा समेत नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
नागरिक सुनुवाइ कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, शिक्षक बुद्धिजिवी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले जिल्ला प्रहरी कार्यालय दार्चुलाले संचालन गरेका गतिविधिहरुको प्रशंसा गर्दै सधै सहयोग र सहकार्य गरिने बताउनुभयो । त्यस्तै सवारीसाधन चेकजाँच, सिमापुलमा चेकजाँचलाई अझै व्यवस्थीत बनाउनुपर्नेमा सहभागीहरुले सल्लाहसुझाव दिनुभएको छ । यसअघि जिल्लाको इलाका प्रहरी कार्यालय लटिनाथ, इलाका प्रहरी कार्यालय गोकुलेश्वर इलाका प्रहरी कार्यालय हुती र इलाका प्रहरी कार्यालय लालीमा सुनवाई कार्यक्रम सम्पन्न गरेको थियो ।