चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा ६७ मुद्धा दर्ता

0
73

दार्चुला,माघ ०४ गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ६७ वटा मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा त्रि वर्षिय अपराध तालिका सार्वजनिक गर्दै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६७ वटा मुद्धा दर्ता भएको जनाएको छ । जसमध्ये ४३ फ्छयौट र २४ मुद्धा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा १ सय ३५ मुद्धा दर्ता भएकोमा ६१ फ्छयौट र ७४ वाँकी रहेको छ भने आर्थिक वर्ष २०७८/७९ मा १ सय २६ मुद्धा दर्ता भएकोमा १ सय ३ फ्छयौट र २३ मुद्धा वाँकी रहेको डिएसपी सिंहले बताउनुभयो ।
त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ९ जनाले आत्महत्या गरेको जनाएको छ । जसमा आगो लगाएर एक जना र झुण्डिएर ८ जनाले आत्महत्या गरेको उहाँले बताउनुभयो । त्यसैगरि गत आर्थिक वर्ष २०७९/०८० मा २७ जनाले आत्महत्या गरेको थियो भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीको तथ्याकं अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ९ जना भिरबाट लडेर मृत्यु भएको छ भने गत आर्थिक वर्ष २०७९/०८० मा १५ जना र अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवंम् डिएसपी शिव बहादुर सिंहका अनुसार चालु आर्थिक वर्षको हालसम्म घरेलुु तथा महिला हिंसाका मात्रै ६१ मुद्धा दर्ता भएको बताउनुभयो । घरेलु हिंसाका ४७ र महिला हिंसाका १४ मुद्धा दर्ता भएका छन्, जसमध्ये ५३ मुद्धामा मिलापत्र,४ वटा अदालत पठाएको र वाँकी ४ वटा सम्र्पकमा नआएको बताउनुभयो । गत आर्थिक वर्ष २०७९/०८० र अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा घरेलु तथा महिला हिंसाका समान १ सय १३ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्याकंमा उल्लेख गरिएको छ ।
डिएपी सिंहले आफु जिल्लामा आएपछि सबै संगको भेटघाट र छलफलबाट जिल्लामा रहेका विभिन्न विकृतिहरु उन्मुलन गर्न दिएका सुझावहरु पुर्ण रुपमा पालना गरि कार्यान्वयमा ल्याएको बताउनुभयो ।
भाद्र महिनामा प्रहरी प्रमुख रुपमा दार्चुला पुगेपछि सबैको सुझाव अनुसार जिल्लामा रहेका मुख्य ६ वटा समस्याहरु सामाधान गर्नुपर्ने आवाज सवै तह र तप्काबाट आएपछि ४ महिनाको अवधिम निकै सुधार गरेको बताउनुभयो । सबै पक्ष संग आफुले गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा प्रहरी भित्रको आन्तरिक शुद्धिकरण गरिएको, वेश्यावृत्ती उन्मुलन गरेको, लागु औषध दुव्र्यसन न्युनिकरण गर्न महाअभियान संचालन गरेको, गुण्डागर्दी अन्त्यका लागि विभिन्न अपरेसन संचालन गरेको, सवारी व्यवस्थापन र अवैध मदिरा नियन्त्रण गर्न स्थानिय तहहरु समन्वय गरि नियन्त्रण गर्ने अभियान संचालन गरेको उनले बताउनुभयो ।