दार्चुलामा एका विहानै बस दुर्घटना, १४ जना घाइते

0
454

दार्चुला,माघ ०५ गते ।
दार्चुलामा बस दुर्घटना हुदा १४ जना घाइते भएको छन् । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित नगरपालिकाको डम्पिङ साइड नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहले बताउनु भयाे । बस आज बिहान ६ बजेतिर बस दुर्घटनामा परेकाे हाे । बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार गरि जिल्ला अस्पताल ल्याइएको छ । बस पार्कबाट बसमा सवार १७ जना भनिए पनि अहिले सम्म १५ जना मात्रै सम्पर्कमा रहेकाे प्रहरीले जनाएको छ । १५ जना मध्ये एक जना सकुसल, एक जना गम्भीर घाइते र १३ जना घाइते भइ जिल्ला अस्पतालमा उपचार भईरहेकाे छ । दुर्घटनामा घाइते भएकाकाे पहिचान खुलेकाे छैन ।