दार्चुलामा हिमपात, जनजिवन कष्टकर

0
444
ब्यास गाउँपालिका वडा नं ४ मा भएको हिमपातः फोटो पदमराज भट्ट

दार्चुला, माघ २६ गते । 

दार्चुलाको हिमाली क्षेत्रका गाउँहरुमा फेरी हिमपात सुरु भएको छ । ब्यास गाउँपालिकामा, दुँहु गाउँपालिका, महाकाली नगरपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, अपीहिमा तथा मार्मा गाउँपालिका लगायतका क्षेत्रमा बुधबारदिउसोबाट पुनः हिमपात सुरु भएको छ ।

आज दिउसोबाट दुँहु गाउँपालिकाको पिपलचौरी क्षेत्रमा हिमपात भइरहेको पिपलचौरी बिणका स्थानिय कृष्ण बहादुर बमंले जानकारी दिनुभयो । त्यसैगरि मालिकार्जुन गाउँपालिकाको बालशिखर लगायतका क्षेत्रमा समेत हिमपात भइरहेको छ । हिउसोबाट बालशिखर न्वालपानी क्षेत्रमा हिमपात भइरहेको स्थानिय पत्रकार राजेन्द्र धामीले बताउनुभयो ।

केहि दिन अघि ब्यासमा भएको भारी हिमपातले जनजिविका चलाउन सकस भइरहेका बेला फेरि हिउपरेपछि चिसोले जनजिवन कष्टकर बनेको सुन्सेराका स्थानिय पत्रकार मानसिह कुवरले बताउनुभयो । ब्यास गाउँपालिकाको वडा नम्बर ३ को सीना तुसरपानी, वडा नम्बर २ को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुती लगायतका बस्तीहरुमा हिमपात भइरहेको छ ।

कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानिय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानव विहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ । हिजो राती देखी नै ब्यासका उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो । हिमपातले ब्यास गाउँपालिका क्षेत्रमा फोन सेवा अवरुद्ध भएको छ । ब्यास गाउँपालिका वडा नं ४ कैचुलामा रहेको नेपाल टेलिकमको फोन सेवाको टावरमा हिमपात हुदाँ पुनः फोनसेवा अवरुद्ध बनेको छ ।