प्रधानसेनापति शर्माको टोलीद्वारा दार्चुला–तिंकर सडकको अनुगमन

0
444

दार्चुला, माघ २७ गते ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा तथा रक्षा मन्त्रालयका सचिव किरण राज शर्माको टोलीले विहिबार दार्चुला–तिंकर सडक खण्डमा नेपाली सेनाले निर्माण गरिरहेको सडकको अनुगमन गरेको छ ।


प्रधानसेनापति शर्माको टोलीले सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण अवलोकन गरी फर्किएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो ।

सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्मा तथा रक्षा मन्त्रालयका सचिव शर्माको हेलिकप्टर सुरुमा महाकाली नगरपालिकाको धापमा अवतरण गरेको थियो । महाकाली नगरपालिका वडा नम्बर ५ खेटबकेमा चलिरहेको नेपाली सेनाको तीन महिने तालिमको निरीक्षण तथा प्रशिक्षण गरी दार्चुला–तिंकर सडकको निरीक्षण अनुगमनका लागि हेलिकप्टर मार्फत् ब्याँस तर्फ लागेका थिए ।

उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
सरकारले गत वर्ष सदरकुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो। सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ ।