दार्चुलामा बैशाख महिनाभरि निषेधाज्ञा जारी गर्न डिसिसिएमसिको अनुरोध

0
528

दार्चुला, बैशाख २४ गते ।
दार्चुलामा बैशाख महिना भरि निषेधाज्ञा जारी गर्न डिसिसिएमसिले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले बैशाख महिना भरि दार्चुलामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
दार्चुलामा कोभिड १९ को दोस्रो लहर तिब्र गतिमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमणको चेन बे्रक गर्न उक्त निर्णय गरिएको हो । कोरोना महामारी दोस्रो भेरियन्ट जिल्लामा समेत फैलिरहेकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बैशाख महिना भरि निषेधाज्ञा गर्ने सिफारिष गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।