दार्चुलाका प्रमुख जिल्ला अधिकारीले आफु चढ्ने गाडि विरामी बोक्न दिने

0
603

दार्चुला, बैशाख २४ गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफू चढ्ने गाडी विरामी बोक्ने प्रयोगमा दिने भएका छन् ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी जोशीले कोरोना बाहेकका बिरामीहरुको प्रयोजनका लागि आफु चढ्ने गाडि प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।कोरोना महामारीको संकटका बेला जिल्लामा एम्बुलेन्स पाउन समस्या भएको अवस्थालाई मध्यनजर गरी कोरोना महामारीका बेला आफूले चढ्ने गाडी बिरामी बोक्ने प्रयोजनका लागि दिने उहाँको भनाई छ ।
जिल्लामा रहेका तीन ओटा एम्बुलेन्सहरु मात्रै कोरोना संक्रमित व्यक्तिहरु बोक्न प्रयोग गर्न सकिने खालको रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । महाकाली नगरपालिका, नौगाड गाउँपालिका र दुहूँ गाउँपालिकाको एम्बुलेन्स मात्रै कोरोनाका बिरामी बोक्न उपयुक्त रहेको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारीले समेत आफ्नो गाडि कोरोनाका विरामी बोक्न सुविधा सम्पन्न नभएकाले कोरोना बाहेकका विरामी बोक्न प्रयोग गरिने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी जोशीले संकटका बेला आफु चढ्ने गाडि एम्बुलेन्स प्रयोगमा दिने बताएपछि उहाँको सामाजिक सञ्जालमा समेत प्रशंसा भइरहेको छ । सीमा प्रशासन कार्यालय ब्यासका प्रमुख मोहन धामी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ‘रातो बत्ति वाला गाडी समेत त्याग्न सक्ने CDO साबलाई नमन ! सबैले र खासगरी जनप्रतिनिधिहरूले पनि यतिबेला केही सिक्नु जरुरी छ । महामारी, नागरिक, जनता, फेबिकोल, नमस्ते, चुनाव आदि ।