दार्चुलामा पनि ६५ औ प्रहरी दिवस मनाइयो

0
805

दार्चुला, असोज ३० गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६५ औ प्रहरी दिवस मनाएको छ । प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायक उपरिक्षक पदम बहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला अदालत दार्चुलाका न्यायधीश गिराराज गौतम प्रमुख अतिथि रहनुभएको थियो भने नेपाली सेनाको विकास निर्माण गण नम्बर दुईका प्रमुख सेनानी रमेश गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो । प्रहरी दिवसको अवसरमा कर्तब्य पालनाको शिलशिलामा आफ्नो ज्यानको आहुती दिएका अमर प्रहरीहरुलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरुले प्रहरी स्मारकमा फुल अर्पण गरि शोक सलामी दिएका छन् । कार्यक्रममा अमर प्रहरी परिवारहरुलाई पनि सम्मान गरिएको छ । अमर प्रहरी परिवारबाट प्रतिभा जोहारी, तारा बडाल र नन्दा देबी भट्टलाई सम्मान गरिएको छ । त्यसैगरि भुतपुर्व कर्मचारी मध्ये जेष्ठ नागरिक भुतपुर्व प्रहरीहरुलाई पनि सम्मान गरिएको छ । जसमध्ये पुर्व प्रहरी हवल्द्धार नन्दा बल्लभ जोशी तथा भुतपुर्व प्रहरी जवान दिलानन्द बडुलाई सम्मान गरिएको छ ।



त्यसैगरि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्यालय र प्रहरी कार्यालय मातहतका प्रहरीहरुलाई पुरस्कार वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक भास्कर चन्दले उत्कृष्ट कार्य सम्पादनको पुरस्कार पाएका छन् । त्यसैगरि जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी साहयक निरिक्षक भुवन चन्द र प्रहरी साहयक निरिक्षक राम बहादुर बोहराले समेत उत्कृष्ट कार्य सम्पादनको पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुला मातहतका प्रहरी कायालयहरुबाट प्रहरी हवल्द्धार युवराज महता, प्रहरी हवद्धार प्रेम बहादुर शाहु, प्रहरी जवान सुनिल विष्ट र प्रहरी जवान नवराज पाण्डेले उत्कृष्ट कार्य सम्पादनको पुरस्कार पाएका छन् ।
दार्चुला जिल्ला अदालतबाट सिराहा सरुवा भएका न्यायधीस गिरिराज गौतमलाई कार्यक्रममा प्रहरीले मायाको चिनो प्रदान गरि विदाई गरेको छ ।
कार्यक्रममा बोल्दै न्यायधीस गिरीराज गौतमले प्रहरी दिवस प्रहरीको बलिदान र प्रहरीको योगदानको समिक्षा गर्ने दिनका रुपमा रहेको बताउनुभयो ।
प्रहरी आन्तरीक शान्ती सुरक्षाको मेरुदण्ड रहनुका साथै जनताको विपद र विभिन्न घटनाका बेला सबैभन्दा फ्रन्टलाईनमा खटिएर काम गर्ने संगठन रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्टले कोरोना महामारीका बेला आफ्नो ज्यानको ख्याल नगरि कोरोना संक्रमण फैलिन नदिन उल्लेखनिय भुमिका निर्वाह गरेको बताउनुभयो ।
अपराध रहित परिकल्पना गर्दै दार्चुलामा प्रहरीले समुदाय प्रहरी साझेदारीका माध्ययमबाट जनताहरुसंग अन्र्तक्रियाका कार्यक्रमहरु गरिएका उहाँले बताउनुभयो । दार्चुला जिल्लामा तुलनात्मक रुपमा आत्महत्या भवितब्यका घटना तुलनात्मक रुपमा बढी रहेको डिएसपी विष्टको भनाई छ । यस जिल्लामा सडकहरु साधुरा रहेकाले प्रहरीले दुर्घटना न्युनिकरणका लागि विषेश निगरानी गरिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी, नेपाली सेनाको दुर्गा दल गुल्मका गुल्मपती, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाका क्याम्पस प्रमुख लगायत पत्रकारहरुहरुको सहभागिता रहेको थियो ।