सीमा पुल खोल्न माग गर्दै धार्चुलामा प्रर्दशन

0
1497
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, असोज २९ गते ।
नेपाल भारत जोड्ने सीमा पुल खोल्न माग गर्दै भारतको धार्चुलाका ब्यापारीहरुले प्रर्दशन गरेका छन् । कोरोना कहरले गत चैत्र ११ गते देखि नेपाल–भारत जोड्ने खलंगा स्थित सीमापुल बन्द रहेकाले भारतीय ब्यापारीहरुको ब्यापार ठप्प भएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लखेको छ ।
नेपाली ग्राहकहरुमा र्निभर रहेका भारतको धार्चुलाका ब्यापारीहरुले सीमा पुल विगत सात महिना देखि बन्द हुदाँ आफुहरु ऋणमा डुबेको बताएका छन् ।
परिवारको पालन पोषण गर्न समेत समस्या भएको भन्दै धार्चुलाका ब्यापारीहरुले प्रर्दशन गरेका हुन् ।
बुधबार सीमापुल खुल्न लागिरहेका बेला धार्चुलाका ब्यापार संघ अध्यक्ष भुपेन्द्र थापाको नेतृत्वमा जम्मा भएका ब्यापारीहरुले सरकारको विरुद्धमा नाराबाजी समेत गरेका छन् ।
नेपाल रोडमा २ सय भन्दा बढी ब्यापारीहरु रहेको र उनिहरु सबै नेपालीहरुमा निर्भर रहेको ब्यापार संघ अध्यक्ष थापाको भनाई छ ।
“नेपाल संगको सीमानाका बन्दले ब्यापार ठप्प हुदाँ पसलको भाडा, बैकं किस्ता समेत तिर्न नसक्दा पसल बेचेर जानुपर्ने अवस्था भएको छ” नेपाल रोडका ब्यापारी सीबु खोलीयाले भन्नुभयो । धार्चुलाका ब्यापारीहरुले पहिलेको जस्तै सीमापुल खोेलेर आवतजावत गर्न दिनुपर्ने माग गरेका छन् ।
सरकारले दिनभरी पुल खोल्न नसकेपछि प्रतिदिन दुई वा तीन घण्टा सम्मका लागि भएपनि पुल खोलिनुपर्ने ब्यापारीहरुको माग छ ।
प्रर्दशन गर्नेहरुमा ब्यापार संघ अध्यक्ष भुपेन्द्र थापा, उपाध्यक्ष प्रकास गुञ्याल, नविन खर्कवाल, जिशान आलम आदी रहेका छन् ।