दार्चुलामा थप पाँच जनामा कोरोना पुष्टि

0
539

दार्चुला, साउन १ गते ।
दार्चुलामा शुक्रबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ जनाको एन्टीजन विधिबाट कोरोना परिक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका आईसिटि सहजकर्ता सुरज बोहराले बताउनुभयो । पछिल्लो समय कोरोना संक्रमण कम देखिएको भन्दै दार्चुलामा निषेधाज्ञा समेत स्थगित गरिएको छ । शुक्रबार सम्म दार्चुलामा १८ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेको बोहराले जानकारी दिनुभयो । जसमध्ये ६–६ जना महाकाली नगरपालिका तथा शैल्यशिखर नगरपालिका क्षेत्रका, पाँच जना मार्मा गाउँपालिका क्षेत्रका र एक जना मालिकार्जुन गाउँपालिका क्षेत्रका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ । दार्चुलामा हाल सम्म ५ हजार ५६ जनामा कोरोना परिक्षण गरिएकोमा १ हजार १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७२ जनाले कोरोना जितेका छन् भने ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।