धामालेकमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालन

0
662

दार्चुला, साउन १ गते ।
मालिकार्जुन गाउँपालिकाले वडा नं ८ को धामालेकमा नयाँ सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा ल्याइएको छ । आज एक कार्यक्रमका विच मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले धामालेकमा निर्माण गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्धघाटन गर्नुभएको छ । विकट र दुर्गम रहेको वस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगाउन गाउँपालिकाको अनुरोधमा सुदुरपश्चिम प्रदेश सरकारले वजेट विनियोजन गरि सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण सम्पन्न भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकामा रहेका ८ वडामध्ये भौगोलिक र जनसंख्याकाका आधारमा सवैभन्दा ठुलो वडाका रुपमा रहेको शंकरपुरको धामालेकमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको उहाँको भनाई छ । गत आर्थिक वर्ष २०७७।७८ मा सुदुरपश्चिम प्रदेश सरकारले भवन निर्माणका लागि १५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट २ कोठे सामुदायिक स्वास्थ्य भवन र शौचालय निर्माण गरिएको छ । सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा सिनियर अनमी एक जना र एक जना अहेव रहने गरी स्वास्थ्यकर्मी खटाएको अध्यक्ष धामीले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाई केन्द्र धामालेकबाट चस्कोट, धामालेक, खेतार, पन्दापाली, साननीचोरा लगायतका स्थानियले सेवा लिन पाउने छन् ।