दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टी

0
946

बिरा दत्त भट्ट, दार्चुला ।
दार्चुलामा मंगलबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लेकम गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २६ बर्षिय पुरुषमा कोरोना पोजेटीभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
उनि भारतबाट आएको बुझिएको छ ।
यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । एक जना भने कोरोना जितेर घर फर्किएका छन् ।
दार्चुलाबाट पिसिआर परिक्षणका लागी पछिल्लो समय २ सय २७ वटा नमुना पठाएकोमा ११ जनाको पोजेटीभ देखीएको हो भने २ सय १२ जनाको रिर्पाेट नेगेटीभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी कार्कीले जानकारी दिएका छन् । ४ जनाको भने रिर्पाेट आउन बाकि रहेको छ ।