दार्चुलाका पहिलो कोरोना संक्रमतिले १३ दिनमै कोरोना जिते

0
1012

कालापानी न्युज, दार्चुला ।
दार्चुलाका पहिलो कोरोना संक्रमितले १३ दिनमा कोरोना जितेका छन् । भारतबाट आएका महाकाली नगरपालिका ६ का २१ वर्षीय युवकमा गत जेठ १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको लगातार २ पटक रिर्पाेट नेगेटीभ आएपछि मंगलबार जिल्ला अस्पत्ताल दार्चुलाबाट डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएका छन् ।