सेटिङमा खानेपानी योजनाको काम सम्झौता विनै अन्तिम चरणमा

0
1042

योजनामा उपभोक्ता समिति अध्यक्षको रजाइ।

लक्ष्मण सिह धामी, दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर ४ ऐरिछानामा सञ्चालीत खानेपानी योजनामा उपभोक्ता समिति अध्यक्षले रजाइ गरेका छन् । संरचना निर्माण हुदा सम्म उपभोक्ता समितिका अन्य पदाधिकारीहरुलाई जानकारी नै नगराई एकलौटी ढंगले काम गरेको खुलेको छ ।
ऐरिछाना पम्पिङ खानेपानी योजनामा मर्मत भनि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाबाट बजेट बिनियोजन गरि ट्याङ्की निर्माण कार्य सम्पन्न हुने क्रममा रहदा पनि उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी नै नभएको समितिका कोषाध्यक्ष महेशसिह धामीले जानकारी दिनुभएको छ ।
बजेट बाट के बनाउनुपर्ने हो? इष्टमेट केहो ? त्यस बारे उपभोक्ता समितिका अन्य पदाधिकारीलाई जानकारी नै नगराई अध्यक्षले ट्याङ्की निर्माण गरेको उपभोक्ता समितिका कोषध्यक्ष धामीले बताउनुभएको छ ।
योजना कहाँको केहो ? भनेर उपभोक्ता समितिका अध्यक्ष कृष्णसिह धामीलाई सोध्दा कुनै जानकारी दिएन्न, उहाँले भन्नुभयो ।
उपभोक्ता समिति र जनतालाई कुनै जानकारी नगराई काम गरेको उहाँको भनाई रहेको छ । कार्यालयबाट जानकारी मागेपछि मात्र थाहा भएको उनले बताउनुभयो ।
एक महिना अगाडी नै वडा कार्यालयमा छानविनका लागि निबेदन गरेको भएता पनि कुनै छानविन नगरेको समितिका कोषाध्यक्ष महेशसिह धामीको भनाई छ ।

बिना इष्टमेट ,खाता संचालन नगरि र सम्झौता नगरिकनै योजना निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष कृष्णसिह धामीले बताएका छन् । बैठक बसौ भन्दा पनि उपस्थित नहुने हुदा निर्माण कार्य अगाडी बढाएकोे अध्यक्ष धामीले बताउनुभयो । सम्झौता गरेको छैन, तर ट्याङ्की निर्माण गरिसकेको छु, उहाँले भन्नुभयो । योजना निर्माण गरेदेखि बैठक नै नबसेको उहाँले स्विकारेका छन् । बैठक बसाल्ने काम सचिवको हो मेरो होइन उहाँले भन्नुभयो । मैले नमुना काम गरेर देखाउछु सबै मिलेर गरौ भनेकै हो उपभोक्ता समिति अध्यक्ष कृष्णसिह धामीले भन्नुभयो ।
खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाका इन्जीनीयर संजय कोइरालाका अनुसार ऐरिछनामा खानेपानीको समस्या रहेको भनि माग गर्दा ब्यवहारिक हिसाबले मर्मतका लागि ५ लाख बजेट विनियोजन गरि कार्य संचालन गरिएको हो । मर्मत भनि बजेट विनियोजन गरेको भएता पनि ऐरिछाना माथिल्लो बस्तीमा खानेपानीको समस्या हुदा ट्याङ्की निर्माण गर्न लगाएको इन्जीनियर कोइरालाले बताउनु भएको छ ।
उपभोक्ता सबैलाई खानेपानी आवश्यक नै भएकोले उपभोक्ता समितिले समन्वय र छलफलका आधारमा योजना संचालन गर्नुपर्ने बेला विवाद गर्दा समस्या हुने उनको भनाई छ । उपभोक्ता समितिले छलफल नै नगरिकनै योजना संचालन गरेको भए भुक्तानी रोकिने उनले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्षले भने आफुले २० घनमिटरको खानेपानी ट्याङ्की निर्माण गरिसकेको र पलास्टर गर्न मात्र बाँकी रहेको बताउनु भयो । बैशाख २८ गते समितिका ६ जना पदाधिकारीहरुले खानेपानी उपभोक्ता समिति नयाँ होकि पुरानै हो भनि वडा कार्यालयमा निबेदन समेत दिएका थिए जसमा समितिका कोषाध्यक्ष महेशसिह धामी, सचिव कलावती धामी, सदस्य भवानसिह धामी, दुर्गा देबि धामी, धनसिह बोहरा र उत्तम सिह धामी सहितको हस्ताक्षर गरि निबेदन दिएका थिए ।