दार्चुलामा थप एक जनामा कोरोना संक्रमण

0
664

दार्चुला, असोज १८ गते ।
दार्चुलामा थप १ जनामा कोरोना पुष्टी भएको छ । भारतबाट फर्केका दुहु गाउँपालिकाका ३० वर्षिय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । बैतडीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजिटिभ देखिएका व्यक्ती धारी क्वारेन्टाइनमा रहेको स्वाथ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ ।