तरुण दलद्धारा दुहु गाउँपालिकाका विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण

0
897

दार्चुला, असोज १९ गते ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले दुहूँ गाउँपालिका भरिका विद्यालयहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना महामारीका विच विद्यालयहरुमा शिक्षण सहजिकरण कार्यक्रमहरु सञ्चालन भएपछि तरुण दलले कोरोना भाइरसबाट जोगिन विद्यार्थी तथा शिक्षकहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको तरुणदल दुहुका अध्यक्ष प्रकाश बहादुर कार्कीले जानकारी दिनुभयो । दुहु गाउँपालिका भरिका १९ वटा विद्यालयहरुका ३ हजार २ सय जना शिक्षक र विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरिएको तरुण दल दुहुका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । गत ११ गते देखि सुरु गरिएको वितरण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
विद्यालयहरुमा पछिल्लो समय विद्यार्थी सिकाई सहजीकरण सुरु गरिएकाले कोरोना भाइरसको प्रभाव बाट जोगिन विद्यार्थी र शिक्षकहरुलाई मास्क, स्यानिटाइजर, बाल्टि, मग र साबुन जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । उक्त स्वास्थ्य सामग्रीहरु ब्यक्तिगत खर्च र केहि तरुणदलका सदस्यहरुको खर्चबाट खरिद गरि वितरण गरिएको उहाँको भनाई छ । तरुणदल दुहुले हालसम्म सामुदायीक विद्यालयहरुमा मात्रै स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको र निजि विद्यालयहरुले पनि विद्यार्थीहरुको शुल्क १० प्रतिशत घटाएमा सामग्रीहरु वितरण गर्ने योजनामा रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । तरुण दलले आगामी दिनहरुमा पनि सामाजिक कार्य गर्ने अध्यक्ष कार्कीको भनाई छ ।