नेपाल–भारत जोड्ने चारवटा पुलहरुको निर्माणकार्य विचमै किन रोकियो ?

0
1177
नेपाल–भारत जोड्ने पुल निर्माण भइरहेको ब्यास गाउँपालिकाको मलघट्टे क्षेत्र

विरा दत्त भट्ट, दार्चुला ।
असोज १८ गते ।नेपाल सरकारको तुइन र ट्युब विस्तापन कार्यक्रम अन्र्तगत दार्चुला जिल्लाको विभिन्न चार स्थानहरुमा निर्माण भईरहेका नेपाल–भारत जोड्ने पुलहरुको निर्माणकार्य ठप्प रहेको छ ।
तुइन मुक्त कार्यक्रम अन्र्तगत २०७६ को कार्तिक महिनामा ब्यास गाउँपालिकाको माल, सुन्सेरा, बडुगाउँ र लेकम गाउँपालिकाको बाकुमा महाकाली नदी माथी नेपाल–भारत जोड्ने पुलहरुको शिलान्यास गरिएको थियो ।
पुलहरु शिलान्यास गरिएको केहि समयपछि भारतले नयाँ नक्सा जारी गरि कालापानी,लिपुलेक र लिम्पीयाधुरा क्षेत्रलाई आफ्नो नक्सामा देखाएको थियो । त्यसले नेपाल–भारत सीमा विवाद बढेर जनस्तरबाट समेत आन्दोलनका कार्यक्रमहरु भएका थिए । त्यसपछि आएको कोरोना महामारी र नेपालले नयाँ नक्सा जारी गरि उक्त क्षेत्र आफ्नो नक्सामा समेटेको परिबेशमा उक्त पुलहरुको निर्माणकार्य अलपत्र परेको छ । कोरोना महामारीले गत बर्षको चैत्र ११ गते देखि भारत संगका सीमानाकाहरु पुर्ण रुपमा बन्द गरिएका छन् ।
नेपाल सरकारको तुइन मुक्त कार्यक्रमका लागि भारतको गस्कु र ब्यास गाउँपालिकाको माल, भारतको गा्रम सोसाको मलघट्टे र ब्यास गाउँपालिका मलघट्टे, भारतको एलागाड र ब्यास गाउँपालिकाको बडुगाउँ तथा मालिकार्जुन गाउँपालकाको बाकु र भारतको द्धालसेरा गरी चारवटा पुल निर्माणका लागि नेपाल र भारत विच १७ डिसेम्बर २०१८ मा सहमती भएको थियो ।
गस्कु र मालमा ५६ मिटर, गा्रम सोसाको मलघट्टे र ब्यास गाउँपालिका सुन्सेराको मलघट्टे ५६ मिटर, एलागाड र बडुगाउँ ९३ दशमलब ५ मिटर तथा द्धालसेरा र बाकु १ सय ३५ मिटर लम्बाइको पुल निर्माणका लागि निर्माण कम्पनीहरुसंग सम्झौता भई शिलान्यास समेत गरिएको थियो ।
ब्यास गाउँपालिकामा निर्माण भइरहेका तीन वटै पुलहरुको निर्माणकार्य लकडाउन यता पुर्ण रुपमा बन्द रहेको ब्यास गाउँपालिकाका प्रबत्ता धिरन सिह बुढाथोकीले जानकारी दिनुभयो । माल, मलघट्टे र बडुगाउँमा निर्माण भइरहेका तीनवटै पुलहरुको नेपाल–भारत दुबै तर्फ आरसीसी हाल्ने काम भएको उहाँको भनाई छ ।


 

मलघट्टे र भारतको ग्राम सोसा जोड्ने पुल शिलान्यास गर्न सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिहँ बोहरा, नेकपा प्रदेश सह इन्चार्ज लक्ष्मी दत्त जोशी लगायत पुगेका थिए ।

मालिकार्जुन गाउँपालिकाको बाकु र भारतको द्धालसेरा जोड्ने पुलको निर्माणकार्य पनि लकडाउनयता बन्द रहेको मालिकार्जुन गाउँपालिका वडा नं ६ का वडाध्यक्ष गोपाल सिह धामीले जानकारी दिनुभयो । पुलको नेपालतर्फ आरसीसी हाल्ने काम भएको भएपनि लकडाउनयता कुनै पनि काम हुन नसकेको उहाँको भनाई छ ।
पुलहरु निर्माणको काम रोकिएको विषयबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई बुझ्दा त्यसबारे प्रशासन जानकार नभएको उहाँको भनाई छ । काम किन रोकियो भन्ने जानकारी भएन, कोरोना हो वा अरु कारणले हो बुझिएन, उहाँले भन्नुभयो ।
पछिल्लो समय दार्चुलाको ब्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयले नेपाल र भारत सरकार विच विवाद उत्पन्न भएका बेला ब्यास गाउँपालिकामा निर्माण भइरहेका उक्त पुलहरुको निर्माण रोकिएको हुन सक्ने  स्रोतको भनाई छ ।
तर भारत संगको सिमानाका बन्द रहेकाले पुलको निर्माणकार्य रोकिएको मलघट्टले र मालको पुल निर्माणको जिम्मेवारी पाएका ठेकेदार धनबहादुर कुवँरको भनाई छ । सीमा नाका खोल्ने वित्तिकै पुल निर्माणको कार्य सुरु हुन्छ उहाँले भन्नुभयो ।

कामदारहरुले ज्याला पाएन्न्

ब्यास गाउँपालिकाको वडा नं ४ मा पर्ने मलघट्टे र भारतको ग्राम सोसा जोड्ने पुलका ठेकेदार कामदार हरुलाई तीन महिना सम्मको ज्याला नदिई सम्पर्क विहिन बनेका छन् । स्थानियहरुले पुल निर्माणका लागि तीन महिना सम्म गरको काम बाफतको ज्याला र होटेलहरुमा गरेको खर्च नदिई ठेकेदार सम्पर्कविहिन बनेको ब्यास गाउँपालिका वडा नं ४ का वडा सदस्य प्रेम सिह धामीले जानकारी दिनुभयो ।
तामझामका साथ खसी काटेर शिलान्यास गरिएको खर्च समेत आफुले गरेको र आफुले पुल निर्माणमा गरेको काम बाफतको ज्याला समेत हाल सम्म नपाएको वडा सदस्य धामीको गुनासो छ ।
ठेकेदार धन बहादुर कुवरले कामदारहरुलाई तीन महिना सम्म पुल निर्माणमा काम गरे वाफतको ज्याला समेत नदिएको वडा सदस्य धामीले बताउनुभयो ।
मलघट्टेमा पसल समेत थापेका धामीले पसलमा गरेको खर्च समेत ठेकेदार र ठेकेदारका मानिसहरुले हाल सम्म नदिएको उहाँको गुनासो छ ।
पसल र कामदारहरुले पुल निर्माणमा तीन महिना सम्म काम गरे बाफतको ज्याला नदिई ठेकेदार धनबहादुर कुवँर हाल सम्र्पक विहिन बनेको वडा सदस्य धामीले बताउनुभयो ।
पुलको रकम सरकारबाट भुक्तानी नभएकाले हाल सम्म ज्याला दिन नसकिएको ठेकेदार धनबहादुर कुवरको भनाई छ ।
अन्र्तराष्ट्रिय पुलको काम भएको र सीमा–नाका बन्द हुदाँ भुक्तानी हुन नसकेकाले ज्याला दिन नसकिएको हो उहाँले भन्नुभयो । सीमानाका खुले काम सुचारु हुने र भुक्तनी भए कामदारहरुको ज्याला दिइने उहाँले बताउनुभयो ।