दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

0
1048

दार्चुला, असार १४ गते ।
दार्चुलामा आइतबार एक जना कोरोना संक्रमित थपिएका छन् । गत असार २ गते जिल्लाका विभिन्न आइसोलेसन र क्वारेन्टाइनहरुबाट २ सय २८ जनाको स्वाव संक्लन गरिएकोमा शैल्यशिखर नगरपालिकाका एक जना ३१ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
२ सय २८ नमुनाहरु मध्ये अझै ६३ जनाको रिर्पाेट आउन बाकि रहेको बताइएको छ ।
यो संगै दार्चुला जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टी हुनेको संख्या २० पुगेको छ । मार्मा गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएपनि संक्रमित रुकुम जिल्लामा रहेकोले दार्चुलामा उनको गणना गरिएको छैन । साथै दार्चुलाका २० जना कोरोना संक्रमित मध्ये १२ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्ती हेर्नुहोस ।