पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

0
1496

दार्चुला, असार १५ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
दार्चुला सदरमुकामलाई अन्य जिल्ला संग जोड्ने मार्गको रुपमा रहेको महाकाली लोकमार्ग अवरुद्ध हुदा धनगढी लगायतका क्षेत्रबाट खाद्यान्न ढुवानी गरिरहेका मालबाहक साधन बाटोमै अलपत्र परेका छन् । पहिरो नपन्छ्याईए सम्म मालबाहक साधनहरु दार्चुला सदरमुकाम खलंगा आउन सक्ने छैनन् ।
पहिरो खस्दा आवतजावत समेत प्रभावित भएको स्थानिय पत्रकार गणेश सिह धामीले जानकारी दिएका छन् ।