दार्चुलामा जेठ ३० गते सम्म निषेधाज्ञा थप

0
589
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, जेठ १९ गते ।
दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ ३० गते सम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरे अनुसार निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा चौथो पटक जेठ ३० गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।