दार्चुलामा कोरोना संक्रमित हुने २० देखि ३० बर्ष उमेर समुहका बढी

0
794

दार्चुला, असोज २८ गते ।
दार्चुलामा बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा दार्चुलाका १३ जनाको स्वाव ल्याब परिक्षण भएकोमा महाकाली नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हाल सम्म ३ हजार ५७ जनाको कोरोना परिक्षण गर्दा १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९८ जनाले कोरोना जितेका छन् भने ५५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
हाल सम्म दार्चुलामा कोरोना संक्रमित हुने बढी जसो ब्यक्तिहरु २० देखि ३० बर्ष उमेर समुहका रहेका छन् ।
उमेर समुह अनुसार २० देखि ३० बर्ष उमेर समुहका ७५ जना, ३० देखि ४० बर्ष उमेर समुहका ४७ जना, ४० देखि ५० बर्ष उमेर समुहका १९ जना, १० देखि २० बर्ष उमेर समुहका ५ जना, ५० देखि ६० बर्ष उमेर समुहका ४ जना, ६० बर्ष भन्दा माथि उमेर समुहका २ जना र दश बर्ष भन्दा कम उमेर समुहका १ जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हाल सम्म युवाहरुमा मात्रै कोरोना संक्रमण भएकाले पनि कुनै अप्रीय घटना नघटेको हुन सक्ने सरोकारवालाहरुको भनाई छ । त्यसैगरि लिङ्ग अनुसार कुल कोरोना संक्रमित हेर्दा १९ जना महिला र १ सय ३४ पुरुषहरुलाई दार्चुलामा हाल सम्म कोरोना पुष्टि भएको छ ।