आधा घण्टा खोलिएको सीमा पुलमा सय भन्दा बढी जनाले गरे आवतजावत

0
728
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असोज २८ गते ।
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुल बुधबार खोलीएको छ । दिउसो ३ बजेर ५५ मिनेटमा खुलेको पुल साढे चार बजे बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
आधा घण्टा सम्म खोलीएको सीमा पुलमा ६४ जना नेपालबाट भारत गएका छन् भने ६२ जना भारतबाट नेपाल आएको प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो ।
लामो सयम पछि खुलेको सीमा पुल खुला राखिराख्नुपर्ने भन्दै भारतका ब्यापारीहरुले पुल खुलका बेला भारततर्फ प्रर्दशन गरेका थिए । प्रर्दशन गरिएपछि आधा घण्टा सम्म खोलीएको सीमा पुल बन्द गरिएको छ । नेपाली ग्राहकहरुमा निर्भर रहेका भारतको धार्चुलाका ब्यापारीहरु सीमानाका बन्दले ब्यापार नहुदा लामो समय देखि सीमापुल खोल्नुपर्ने माग गरिरहेका छन् । भारतको नेपाल संग सीमा जोडीएको झुलाघाटका ब्यापारीहरु त झण्डै तीन हप्तादेखि नेपाल भारत जाड्ने पुलहरु खोल्न माग गर्दै रिले अनसनमा बसेका छन् । नेपालको मन्त्री परिषदको बैठकले भारतमा कोरोना संक्रमण बढीरहेकाले कार्तिक महिना सम्म अन्र्तराष्ट्रिय सीमानाका बन्द गर्ने निर्णय गरेकाले भारत संगका सीमानाकाहरु गत चैत्र ११ गते देखि बन्द रहेका छन् ।